हेटौंडा । हेटौंडा बजारको मुख्य सडक विस्तार कार्य सर्वोच्च अदालतको उत्प्रेषण आदेशपछि तत्कालका लागि रोकिएको छ। सडक डिभिजन हेटौंडाले राष्ट्रिय लोकमार्गको सडक सीमा संरक्षण कार्यक्रमअन्तर्गत संरचना हटाउने क्रममा एकैदिन करिब ५०० घर भत्काएको थियो।
तर स्थानीय विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा सर्वोच्चले १९ मंसिरमा सूचना कार्यान्वयन नगर्न आदेश दिएपछि विस्तार कार्य स्थगित गरिएको सडक डिभिजनले जनाएको छ।
अदालतले अन्तरिम आदेशबारे दुवै पक्षको छलफलका लागि २६ मंसिरमा पेशी तोकेको छ। आदेश टुंगो नलागेसम्म सडक विस्तारको सबै काम रोकिएको छ।

