वीरगञ्ज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सातदलीय सत्तागठबन्धनको बैठकले उक्त मिति तय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए।
मंसिर १९ गते कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव आजै शपथ लिएर सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन्। विश्वासको मतपछि मन्त्रिपरिषद् विस्तार गर्ने उनको योजना रहेको स्रोतले जनाएको छ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३