काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत इनरुवा–कप्ताङगञ्ज २२.६६ किमी सडक खण्ड निर्माणको ठेक्का रद्द गरिएको छ। योजना कार्यालय इटहरीले गौरीपार्वती–देव एण्ड सायर–भूमि जेभीसँगको ठेक्का काम १८% मात्र प्रगति भएको र पटक–पटक ताकेता गर्दा पनि कार्य सुचारु नगरेको कारण तोकेको हो।
२०७८ माघमा ५२.७ करोडमा भएको सम्झौता २०८१ साउनमा सकिनुपर्ने थियो तर समय थपेर २०८३ असारसम्म ढिला भए पनि काम अघि बढेन।
ठेक्का रद्दसँगै निर्माण कम्पनीको १६.९४ करोड जमानत, २.३१ करोड पेस्की (व्याजसहित) जफत गरिनेछ। कम्पनीले अनुमानित लागतभन्दा करिब ५०% कम मूल्य कबोल गरेको थियो।
स्पष्टीकरण सन्तोषजनक नभएपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का खारेज गरिएको छ र कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ।


