जनकपुरधाम। मधेसमा मौसम चिसिदै गएको छ । राजनीतिक सरगर्मी भने बढ्दै गएको छ । लोसपाका नेता जितेन्द्र सोनलले विश्वासको मत लिनु अघि नै मुख्यमन्त्री पदबाट राजिनामा दिएपछि त्यसपछिको सरकार गठन प्रकृयामा संवैधानिक बहस चलिरहेकै बेला प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेपछि मधेस प्रदेशको राजनीति सरगर्मी थप बढेको हो ।
आईतबार सरकार गठन प्रकृयाको विषयमा कानूनविदहरुसँग परामर्श गरेकी प्रदेश प्रमुख भण्डारीले रातारात सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्त भए लगत्तै सरोज कुमार यादवले तीनजना मन्त्री समेत नियुक्त गरेका छन् ।
उनले राप्रपा र संघीय समाजवादी नेपालका सांसदलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । यता राति नै एमाले राप्रपा र संघीय समाजवादी नेपालका सांसद बाहेकका सात राजनीतिक दलहरुले प्रदेश प्रमुखलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नै सरकार गठनको आह्वान गर्न माग सहित पत्र समेत बुझाएका थिए ।
तर, प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिवास स्थित होटल पानसमा बसेर मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश सरकार गठन पछि सात राजनीतिक दलहरु भने बदलिँदो राजनीतिक परिस्थिति विरद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमा जुटेका छन् ।
सातवटै राजनीतिक दलका सांसदहरुले अब प्रदेश प्रमुखको कार्यशैली विरुद्ध नयाँ रणनीति साथ अगाडि बढ्ने बताएका छन् । प्रदेशसभामा बहुमतसिद्ध गर्न हस्ताक्षर अभियान पनि संकलन गर्ने जनाएका छन् ।
दलगत समर्थन (प्रदेश सभा सदस्य संख्या):
| क्र.सं. | दल (नेता) | सदस्य संख्या |
| १ | नेपाली काँग्रेस (कृष्ण प्रसाद यादव) | २२ |
| २ | जसपा नेपाल (सरोज कुमार यादव) | १८ |
| ३ | जनमत पार्टी (महेश प्रसाद यादव) | १३ |
| ४ | नेकपा माओवादी केन्द्र (भरत प्रसाद साह) | ९ |
| ५ | लोसपा नेपाल (जुनईल राईन) | ८ |
| ६ | ने.क.पा. (एकीकृत समाजवादी) (गोविन्द बहादुर न्यौपाने) | ७ |
| ७ | नागरिक उन्मुक्ति पार्टी (उर्मिला देवी सिंह) | १ |
| जम्मा | ७ दल | ७८ |
