काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।
सरकारले सोमबारको बैठकबाट भण्डारीलाई कानुनविपरीत मुख्यमन्त्री नियुक्त गरेको आरोपमा पदमुक्त गर्न सिफारिस गरेको थियो।
यसअघि भण्डारीले विवादास्पद रूपमा मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्, जसपछि राजनीतिक दलहरूबीच असन्तुष्टि र कानुनी विवाद उत्पन्न भएको थियो।

