वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महागरपालिका वडा नं। १० रानीघाट बस्ने वर्ष ३९ का लालबाबु साहलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले कार्तिक ११ गते साँझ ५ः३० बजे उनलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार ललितपुर जिल्ला अदालतबाट लागु औषध सम्बन्धि कसूर मुद्दामा २ वर्ष १ महिना कैद र १ लाख ५ हजार जरिवाना तोकिएका साह गएको भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नख्खु कारागार कार्यालय ललितपुरबाट फरार भएका थिए।
पक्राउ परेका कैदीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कारागार कार्यालयमा पठाइने बताए ।
