जनकपुरधाम। नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले जनकपुरधामको मुटुमा आफ्नो भव्य भवन निर्माणका लागि चार कट्ठा जग्गा प्राप्त गरेको छ। गुठी संस्थानसँग विधिवत रूपमा लिज सम्झौता भएपछि महासंघलाई यो जग्गा प्राप्त भएको हो।
लामो समयदेखि आफ्नै भवन बनाउने प्रयासमा रहेको महासंघको लागि यो एउटा ऐतिहासिक दिन हो। जग्गा प्राप्तिले पत्रकार महासंघको प्रदेश समितिलाई अब स्थायी संरचना निर्माण गर्ने बाटो खुलेको छ।
गुठी संस्थानबाट प्राप्त भएको यो जग्गा जनकपुरको मुख्य क्षेत्रमै रहेकाले भविष्यमा यहाँ बन्ने भवन प्रदेशभरका पत्रकारहरूको साझा केन्द्र बन्न सक्ने अपेक्षा गरिएको छ। महासंघले यस जग्गामा छिट्टै भवन निर्माणको प्रक्रिया अगाडि बढाउने महासचिव शैलेन्द्र महतो ‘क्रान्तिले जानकारी दिए ।

