कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार मन्त्रालयले रद्द गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा खटाइएको सरुवा निर्णय कार्यान्वयन नभएपछि त्यहाँका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको हो।
मन्त्रालयबाट सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी सोही पालिकामा बसिरहेपछि मन्त्रालयले गाउँपालिकाको खाता रोक्का गर्ने निर्णय गरेको हो।
यससँगै मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ।



