Advertisement
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos
Tuesday, November 10, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

उत्सवको आडम्बरले निम्त्याएको शोक : पटकाको बारुदमा होइन, मौलिक संस्कृतिमा खोजौँ खुसी

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
२४ कार्तिक, मंगलवार
उत्सवको आडम्बरले निम्त्याएको शोक : पटकाको बारुदमा होइन, मौलिक संस्कृतिमा खोजौँ खुसी
5
SHARES
57
VIEWS

चाडपर्वको रौनक र उल्लासले घरआँगन उज्यालो हुनुपर्ने बेला पर्सा र बाराका दुई परिवारमा अकल्पनीय शोक र चिन्ता छाएको छ। कार्तिक २३ गते राति पर्साको पकाहामैनपुर गाउँपालिका–२ का रामगुलाम सहनीका ८ वर्षीय अबोध छोरा कुन्दन सहनीले पटका पड्काउने क्रममा ज्यान गुमाउनुपर्‍यो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पटकाको छर्रा वा बारुद छातीमा लाग्दा गम्भीर घाइते भएका कुन्दनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारकै क्रममा उनको प्राणपखेरु उड्यो। शवको शल्यपरीक्षणका क्रममा उनको छातीमा सानो प्वाल परेको देखिनुले पटका कति घातक हतियार बनिरहेको छ भन्ने स्पष्ट पार्छ।

सोही दिन बिहान १०:३० बजे बाराको कलैया उपमहानगरपालिका–३ घुसुकपुरका १४ वर्षीय किशोर अफताभ मियाँ पनि पटकाकै शिकार बने। पटका पड्काउने क्रममा शरीरमा आगो सल्किँदा उनको शरीरको ९ प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।

ADVERTISEMENT

हाल वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा जीवनमरणको दोसाँधमा उपचार गराइरहेका अफताभको पीडाले सिङ्गो परिवारलाई पिरोलेको छ।

यी दुई प्रतिनिधि घटनाले चाडपर्व मनाउने हाम्रो आधुनिक शैलीमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएका छन्। परम्परागत संस्कृति र मौलिक रीतिरिवाजलाई प्राथमिकता दिनुको साटो उपभोक्तावादी चिन्तन, देखासिकी र आडम्बरमा फजुल खर्च गर्दा निम्तिएका यस्ता दुर्घटनाले परिवारलाई मात्र होइन, सिङ्गो समाजलाई नै त्रसित बनाएको छ।

बालबालिकाको क्षणिक खुसीका लागि अभिभावकले नै जोखिमपूर्ण विष्फोटक पदार्थ किनिदिँदा कलिला मुनाहरू अकालमै निमोठिनु परेको छ। धर्म र संस्कृतिको आडमा भित्रिएका यस्ता विकृतिले स्वयं हाम्रै मौलिक परम्पराको मर्ममाथि प्रहार गरिरहेका छन्।

तिहार, दीपावली र छठजस्ता पवित्र पर्वहरूमा आजभोलि सहरदेखि गाउँसम्म मौलिक बाजागाजा र भजनकीर्तनको साटो युद्धमैदानको झल्को दिने गरी पटका पड्काउने होडबाजी चल्ने गरेको छ। यसले अत्यधिक ध्वनि र वातावरणीय प्रदूषण त फैलाएकै छ, साथै गम्भीर शारीरिक दुर्घटनालाई समेत निम्त्याएको छ। सीमापारिबाट यस्ता विष्फोटक पदार्थ भित्र्याउन प्रहरी प्रशासनले पूर्ण प्रतिबन्ध लगाए पनि प्रशासनकै आँखा छलेर र राज्यको राजस्वमा समेत नोक्सानी पुर्‍याउँदै पटका भित्र्याउने र पड्काउने कार्य नरोकिनु विडम्बनापूर्ण छ।

यसमा कानुनको आँखा छल्ने तस्कर मात्र होइन, चाडपर्वको नाममा यस्ता विष्फोटक पदार्थको प्रयोगलाई प्रोत्साहन गर्ने हाम्रो समाज झन् बढी जिम्मेवार छ।

वास्तबमा दीपावली उज्यालो, सद्भाव र धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने पर्व हो, जहाँ बारुद पड्काएर उत्सव मनाउने कुनै शास्त्रीय वा सांस्कृतिक परम्परा छैन।

त्यस्तै, लोकआस्थाको महापर्व छठ पनि अत्यन्तै पवित्रता, निष्ठा र शान्त वातावरणमा सूर्यदेवको उपासना गर्ने पर्व हो। छठघाटहरूमा कानै फुट्ने गरी पटका पड्काउनु हाम्रो संस्कृति होइन, बरु यो त हाम्रो सभ्यतामाथिको अतिक्रमण हो।

यस्ता गलत क्रियाकलापले नागरिकलाई परिवार, समाज र राज्यप्रति गैरजिम्मेवार बनाउँदै लगेको छ र हाम्रा मौलिक रीतिरिवाजलाई संकटमा पारिरहेको छ।

अतः अब समाजले आत्मसमीक्षा गर्ने बेला आएको छ। अरूको देखासिकी र क्षणिक रमाइलोका लागि बारुदमा पैसा खर्च गर्नुको साटो त्यो रकम बालबालिकाको शिक्षा, स्वास्थ्य र सिर्जनात्मक कार्यमा लगानी गर्नुपर्छ।

अभिभावकले आफ्ना सन्तानलाई पटकाको जोखिमबारे सचेत गराउँदै दियोको उज्यालो, देउसीभैलोको भाका र छठको पवित्र गीतमा रमाउन सिकाउनुपर्छ।

प्रहरी प्रशासनको कडाइका साथसाथै प्रत्येक घरपरिवार र टोलछिमेकबाटै पटका बहिष्कारको अभियान थाल्ने हो भने मात्र कुन्दनजस्ता अबोध बालबालिकाले अकालमा ज्यान गुमाउनुपर्ने छैन र हाम्रा चाडपर्वहरू साँचो अर्थमा सुरक्षित, शान्त र मर्यादित बन्नेछन्।

लेखक  tribunenewsnp.com का सम्पादक तथा मिडिया काउन्सिल मधेस प्रदेशका सदस्य हुन्

Previous Post

पर्सामा चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन प्रशासनको कडाइ, पटका र जुवातास निषेध

Next Post

नेपाल संवत् ११४७ वीरगन्जमा पनि भव्य रुपमा मनाईयो

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Advertisement
No Result
View All Result
  • Audio
  • Contact
  • election
  • Home
  • Home 1
  • Introduction
  • Nepali Calendar
  • News
  • Notices
  • SEE result 2080
  • Videos

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

जिम्मेवार समाज
संस्कृतिको नाममा मौलाएको विकृति
निरज पिठाकोटे मगरनिरज पिठाकोटे मगर