वीरगन्ज । पूर्वमन्त्री, मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालका इन्चार्ज तथा सङ्घीय सांसद मातृका प्रसाद यादवले पार्टीका नेता तथा कार्यकर्ताहरू केवल जनताको बिचमा आएर मात्र नपुग्ने भन्दै जनताकै बिचमा बसेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
सहिद मुकेश कुमार चौरसियाको छैठौं स्मृति सभालाई प्रमुख अतिथिका रूपमा शनिबार सम्बोधन गर्दै नेता यादवले सो कुरा बताएका हुन् ।
विभिन्न कालखण्डमा भएका ऐतिहासिक आन्दोलनहरूका कारण नै देशमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै उहाँले अहिलेको व्यवस्था र अधिकार रक्षाका लागि अझै पनि निरन्तर सङ्घर्षको आवश्यकता रहेको बताए ।
शनिबार सहिद मुकेश कुमार चौरसिया स्मृति प्रतिष्ठानकी अध्यक्ष सुनिता चौरसियाको अध्यक्षतामा आयोजित छैठौं स्मृति सभामा विशिष्ट अतिथि भाषा आयोगका पूर्वअध्यक्ष डा. गोपाल ठाकुर, नेपाली कम्युनिस्ट पार्टी पर्साका इन्चार्ज पि.एल. श्रेष्ठ लगायतका नेताहरूले सहिद मुकेश चौरसियाको योगदान तथा उनले समाज र पार्टीका लागि पुर्याभएको कामको स्मरण गर्दै चर्चा गरेका थिए ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको गाउँकमिटि गठन गर्ने क्रममा भएको विवादमा झडप हुँदा मूकेश चौरसियाको हत्या गरिएको थियो ।
त्यहि घटनामा मुछिएका व्यक्तिहरुलाई पुनः नेकपामा प्रवेश गराएकोमा भने सहिद चौरसियाका परिवारहरु खुशी छैनन् । मूकेश चौरिसयाले न्याय पाउनुपर्ने र पार्टीले त्यसको लागि पहल गर्नुपर्ने मूकेशका भाई महेश चौरसियाले माग गरेका छन् ।

