Advertisement
  • Introduction
  • News
  • Tribune News
Sunday, November 22, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

विस्तृत शान्ति सम्झौताकाे २० बर्ष: बाँकी काम पूरा गर्न राजनीतिक दलहरूलाई प्रचण्डको आग्रह

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
५ मंसिर, शनिबार
विस्तृत शान्ति सम्झौताकाे २० बर्ष: बाँकी काम पूरा गर्न राजनीतिक दलहरूलाई प्रचण्डको आग्रह
1
SHARES
16
VIEWS

​काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको आज २० बर्ष भएको छ ।

याे ऐतिहासिक दिनको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वक्तव्य जारी गर्दै शान्ति प्रक्रियाका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षहरूसँग आग्रह गरेका छन्।

​वि.सं. २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको स्मरण गराउँदै नेता प्रचण्डले यो सम्झौता नेपाली जनताको त्याग, बलिदान र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको बताएका छन्।

ADVERTISEMENT

​शान्ति सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता युगान्तकारी उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले अझै पनि संक्रमणकालीन न्यायका बाँकी कामहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्।

​विशेष गरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने दायित्व अझै बाँकी रहेको भन्दै उनले पीडितको भावना र सम्झौताको मूल मर्मअनुसार संक्रमणकालीन न्यायको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता भएकोमा जोड दिएका छन्।

​सो ऐतिहासिक अवसरमा संयोजक प्रचण्डले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रका लागि जीवन आहुति दिने महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियामा योगदान पुर्‍याउने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सुरक्षाकर्मी र आम नागरिकप्रति आभार प्रकट गरेका छन्।

Previous Post

दुईतिहाईको रास्वपाको सत्ता यात्राले पनि राजनीतिक स्थायित्वमा अझै चुनौती ?

Next Post

उत्कृष्ट ट्रेड कन्सर्नमा भएको आगलागी नियन्त्रणमा आयाे, क्षतिकाे विवरण भने आउन बाँकी

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. डि.के. चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एस.बी. रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

विस्तृत शान्ति सम्झाैता
ट्रिव्युन न्यूजट्रिव्युन न्यूज