वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कालो सूचीमा परेका र आपराधिक गतिविधिमा संलग्न सांसदहरुलाई हटाउने तयारी गरेको छ ।
निर्वाचनका बेला पार्टी र जनतालाई भ्रममा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर निर्वाचित भएका कालोसूचीमा परेका र आपराधिक गतिविधिमा संलग्न रास्वपाका सांसदहरुललाई पार्टीले हटाउने तयारी गरेको पार्टीको उच्च स्रोतले जनाएको छ ।
कालो सूचीमा परेका र आपराधिक गतिविधिहरुमा संलग्न सांसदहरुलाई पार्टीले हटाएमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का मतदाताहरुले फेरी एकपटक धोका पाउने भएका छन् ।
यसअघिका निर्वाचनमा पनि निर्वाचित गरेर पठाईएका जनप्रतिनिधिहरु भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि जनप्रनिधिविहिन भएको पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा पुनःजनप्रनिधिविहिन हुने प्रवल सम्भावना बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद रामाकान्त चौरसिया कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्ति भएको जानकारी पाएपछि पार्टीले उनी सहित कालोसूचीमा परेका र आपराधिक गतिविधिमा संलग्न सांसदहरुलाई हटाउने तयारी गरेको स्रोतको भनाई छ ।
चौरसिया सञ्चालक रहेको निर्माण कम्पनी ‘मोना कन्सन्ट्रक्सन’ २०७७ साल असार २८ गते नै कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
सांसद रामाकान्त चौरिसया र मूकेश कुमार चौरसिया संचालक रहेको निर्माण कम्पनी मोना कन्सन्स्ट्रक्सनले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने पटेर्वा सुगौली गाउँपालिका र क्षेत्र नम्बर ४ मा पर्ने जीराभवानी गाउँपालिका जोड्ने थरुहट सडकको केन्द्रभागमा पर्ने भलुवाही खोलामा पुल निर्माणको ठेक्का पाएको थियो ।
पटेर्वासुगौली गाउँपालिका–४ (सुगौली फरदवा) र क्षेत्र नं ४ को जीराभवानी गापा–५ को बीचमा पर्ने भलुवाही खोलाको पुल १८ बर्ष अघि वाईपी मोना कन्स्ट्रक्शनले सडक डिभिजन कार्यालयबाट साढे पाँच करोड रुपैयाँमा ठेक्का सकार गरेको थियो ।
उक्त पुल निर्माण नगरी अलपत्र छाडिएको छ । कालोसूचीमा परेको व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न नपाउने नेपालको कानूनमा व्यावस्था भएपनि उनले राज्यका निकायलाई भ्रममा राखेको र जनतालाई समेत भ्रममा पारेर निर्वाचनमा उम्मेदवार बनेर सांसद बनेका छन् ।
यसैले रास्वपाले कालोसूचीमा परेका र आपराधिक गतिविधिमा संलग्न सांसदलाई कारवाही गरेमा चौरसिया पनि निलम्बनमा पर्ने भएका छन् । उनी कारवाहीमा परे पर्सा निर्वाचन क्षेन नम्बर–३ पुनःजनप्रतिनिधिविहिन हुने भएको छ ।
उनी शतप्रतिशत कारवाहीमा पर्ने पनि रास्वपाको उच्च स्रोतले जनाएको छ । २०७४ सालको निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा तत्कालिन मधेसी जनअधिकार फोरमबाट निर्वाचित सांसद हरिनारायण रौनियार कार्यकालको शुरुवातमै निलम्वनमा परेपछि पाँचबर्ष जनप्रनिनिधि विहिन भएको थियो ।
त्यसपछि फेरी २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट राजकुमार गुप्ता प्रनिनिधिसभामा निर्वाचित भएका थिए । उनी मन्त्री बहाल रहेकै बेला लिचीबारी घुस प्रकरणमा तानिएर निलम्बनमा परेपछि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ जनप्रतिनिधिविहिन भएको थियो ।
२०८२ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट लिएर उम्मेदवार बनेका रामाकान्त चौरसिया निर्वाचित भएका हुन् । निर्वाचनकै बेलामा पनि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा उनलाई निर्वाचित गरेर क्षेत्रका मतदाताले पुनःधोका पाउने समाचार प्रकाशित गरिएको थियो ।
यो पनि :
जान्नेलाई छान्ने रास्वपाको पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार चौरसिया १० कक्षा पास




