सिमरा । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रतिबाट प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले मकवानपुरको मनहरीबाट वीरगन्जतर्फ जाँदै गरेको बा.१३ च ४७३४ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।
कारको विभिन्न भागमा रातो प्लास्टिकले बेरी लुकाइछिपाई ल्याइएको अवस्थामा कुल १५५ किलो ६३५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा कार चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने २८ वर्षीय अम्बिर डिम्डुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

