• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, September 18, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगंजको मुख्य सडकमा विद्युत–टेलिकमसहितका संरचना भूमिगत बनाईने

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन १, बिहीबार १९:२६
वीरगंजको मुख्य सडकमा विद्युत–टेलिकमसहितका संरचना भूमिगत बनाईने
1
SHARES
7
VIEWS

वीरगंज । वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको बैठकले सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिँदा विद्युत, खानेपानी, टेलिकम तथा केबल नेटवर्कलाई भूमिगत रूपमा समेटेर एकीकृत डिजाइन, इस्टिमेट र कार्यान्वयनको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसअघि तयार गरिएको डीपीआरमा समेत खानेपानी, विद्युत् र केबल नेटवर्कलाई भूमिगत बनाउने व्यवस्था समेटिएको थियो । सोही व्यवस्थालाई आधार बनाएर सडक निर्माणसँगै आवश्यक पूर्वाधारको एकीकृत व्यवस्थापन गरिने भएको छ।

ADVERTISEMENT

यसबाट सडक निर्माणपछि पटक–पटक सडक खन्नुपर्ने अवस्था अन्त्य हुनुका साथै मुख्य सडक व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, सडक विस्तारका क्रममा मुख्य सडक सीमाभित्र रहेका खानेपानी, विद्युत, टेलिकमलगायतका निकायका संरचना व्यवस्थापन गर्न बैठकले आग्रह गरेको छ ।

संरचना हटाउने क्रममा सडक तथा नाला क्षेत्रमा थुप्रिएको फोहोर र निर्माणजन्य सामग्रीका कारण कतिपय स्थानमा नाला अवरुद्ध भएकाले तत्काल सरसफाइ गर्नसमेत सम्बन्धित निकायलाई भनिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सडक तथा नाला क्षेत्रमा थुप्रिएका फोहोर र निर्माण सामग्री तत्काल हटाई आवश्यक सरसफाइको व्यवस्था मिलाउन सडक डिभिजन कार्यालय हेटौँडालाई बिहीबार नै पत्राचार गरेको छ ।

वर्षायाममा फोहोरका कारण पानीको निकास प्रभावित हुन सक्ने तथा लामखुट्टेको प्रकोप र संक्रमणजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले सरसफाइलाई प्राथमिकता दिइएको महानगरपालिकाले जनाएको छ ।

चाडपर्वसमेत नजिकिँदै गएको अवस्थामा महानगर क्षेत्रको स्वच्छता, सरसफाइ र जनस्वास्थ्यलाई ध्यानमा राख्दै सडक विस्तारसँगै फोहोर व्यवस्थापनको कामलाई अघि बढाइएको हो ।

सरसफाइ तथा संरचना व्यवस्थापनका क्रममा आवश्यक समन्वय र सहकार्य गर्न महानगरपालिका तयार रहेको जनाएको छ । बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर दुर्गाप्रसाद,

नेपाल विद्युत् प्राधिकरण वीरगंजका निर्मल कुमार फौजदार, नेपाल टेलिकम वीरगंजका प्रमुख इन्जिनियर दिलिप कुमार बर्मा र खानेपानी संस्थान वीरगंजका प्रमुख मोहनदत्त भट्टलगायतको उपस्थिति थियो ।

Previous Post

अवैध रूपमा भित्र्याइएका १० वटा इलेक्ट्रिक स्कुटर पर्सा प्रहरीको नियन्त्रणमा

Next Post

कानुनी अस्पष्टता र दोहोरोपना अन्त्य गर्दै तीन तहबीच समन्वय सुदृढ गर्न मधेशका अर्थमन्त्री भट्टराईको आह्वान

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In