वीरगन्ज । वीरगन्जको एपेक्स म्यानेजमेन्ट कलेजमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रदान गरिने १० प्रतिशत छात्रवृत्तिका लागि आईतबार परीक्षा सम्पन्न भएको छ।
शैक्षिक सत्र २०८३ का लागि बीबीएतर्फ उपलब्ध कुल ७ वटा पूर्ण छात्रवृत्ति कोटाका लागि २७ जना विद्यार्थीहरूले प्रतिस्पर्धात्मक परीक्षा दिएका छन्।
परीक्षाको नतिजा प्रकाशित भएपश्चात् उत्कृष्ट अंक ल्याउने ७ जना विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा बीबीए अध्ययन गर्न पाउने कलेज सञ्चालक समितिका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
कलेज प्रशासनले परीक्षामा सहभागी सबै विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गरेको छ। साथै, कलेजमा बीबीएतर्फ नयाँ भर्ना अभियान पनि जारी रहेको जनाइएको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एपेक्स म्यानेजमेण्ट कलेजको बीबीएतर्फ शतप्रतिशत नतिजा ल्याउदै आएको छ ।

