काठमाडौं । नेपालमा जारी राहत तथा उद्धार कार्यका लागि भारतले पाँचौँ राहत विमान पठाएको छ। भारतीय भारतबाट नेपालका लागि उडेको राहतको पाँचौ विमान काठाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
विदेश मन्त्री डा. एस. जयशङ्करले सामाजिक सञ्जाल ‘एक्स’ ९ट्विटर० मार्फत जानकारी दिँदै जहाज उडेको जानकारी दिएका थिए ।
विदेश मन्त्री जयशङ्करका अनुसार उक्त विमानमा विशेष उपकरणसहितको ११ सदस्यीय उद्धार टोली र ५–५ टन अत्यावश्यक औषधि पठाइएको छ।
नेपालमा विपद् व्यवस्थापन र उद्धार कार्यलाई सघाउन भारतले निरन्तर राहत सामग्री तथा प्राविधिक टोली पठाइरहेको छ।

