जनकपुरधाम । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण पुगेको अपूरणीय जनधनको क्षतिप्रति नेपाली कम्युनिस्ट पार्टी संसदीय दल मधेस प्रदेशले गहिरो दुःख व्यक्त गरेको छ।
संसदीय दलको बैठक तथा विज्ञप्ति मार्फत विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ।
साथै, बाढीका कारण घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रका नागरिकहरूको तत्काल खोज, उद्धार तथा प्रभावकारी राहत कार्यमा सहयोग पुर्याउन मधेस प्रदेशका आम नागरिक, बुद्धिजीवी, उद्योगी-व्यवसायी, समाजसेवी तथा सञ्चार जगतलाई संसदीय दलले हार्दिक अपिल गरेको छ।
यसैगरी, विपद् व्यवस्थापन र पीडितहरूको पुनस्थापनाका लागि आफ्नो तर्फबाट ऐक्यबद्धता जनाउँदै मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले १ दिन बराबरको सेवा सुविधा ९तलब० केन्द्रीय विपद् व्यवस्थापन कोषमा दाखिला गर्ने निर्णय गरेका छन्।
उक्त रकम प्रदेश सभा क्भअचभतबचष्बत मार्फत कोषमा जम्मा गराइने संसदीय दलका नेता तथा मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ‘समिर’ले जानकारी दिए ।

