वीरगन्ज । एपेक्स म्यानेजमेन्ट कलेजले बीबीए (BBA) प्रथम सेमेस्टरको २०२६ ब्याचको परीक्षामा शतप्रतिशत (१००%) नतिजा हासिल गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त वीरगन्जकाे एपेक्स म्यानेजमेन्ट कलेजले शतप्रतिशत नतिजा ल्याएकाे हाे ।
कलेज प्रशासनले उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको कडा परिश्रम र लगनशीलताको प्रशंसा गरेको छ।
साथै, विद्यार्थीहरूको यो सफलतामा निरन्तर मार्गदर्शन, सहयोग र योगदान पुर्याउने सम्पूर्ण प्राध्यापक तथा कर्मचारी वर्गप्रति कलेजले हार्दिक आभार व्यक्त गरेको छ।
कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार सिंहले सबैको साझा प्रयास र समर्पणले गर्दा नै कलेजले शैक्षिक उत्कृष्टताको यो उपलब्धि हासिल गर्न सफल भएको जनाएका छन्।

