• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, August 23, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सामा नेकपाका युवा नेताहरूद्वारा पार्टीको मूलधारमा युवाको सम्मानजनक समायोजन र कार्यकारी जिम्मेवारीको माग

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र ६, शनिबार १८:१८
पर्सामा नेकपाका युवा नेताहरूद्वारा पार्टीको मूलधारमा युवाको सम्मानजनक समायोजन र कार्यकारी जिम्मेवारीको माग
1
SHARES
15
VIEWS

​वीरगन्ज। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साअन्तर्गतका विभिन्न जनवर्गीय संगठनमा लामो समयदेखि क्रियाशील युवाहरूले आफ्नो योगदान, क्षमता र अनुभवका आधारमा

पार्टीको मूलधारमा सम्मानजनक समायोजन एवं कार्यकारी जिम्मेवारी दिन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका छन्।

नेकपा एस घटक दल निकट ​युवा संघ नेपालका केन्द्रीय उपमहासचिव एवं मधेश प्रदेश इन्चार्ज अनिल पटेल तथा नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय उपाध्यक्ष आकाश पटेलको संयुक्त नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेकपा पर्साका जिल्ला संयोजक जयप्रकाश थारूलाई ध्यानाकर्षणसहितको ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ADVERTISEMENT

​ज्ञापनपत्रमा युवा, विद्यार्थी, खेलाडी, मजदुर तथा किसानलगायतका संगठनहरूमा रही लामो समयदेखि पार्टी र सांगठनिक निर्माणमा योगदान पुर्‍याएका युवाहरूको राजनीतिक अनुभव, संगठन निर्माण क्षमता, जनसम्पर्क र निष्ठालाई मूल्याङ्कन गरिनुपर्ने उल्लेख छ।

जनवर्गीय संगठनहरूको पुनर्गठन तथा समायोजनका क्रममा क्रियाशील युवाहरूको राजनीतिक भविष्य अन्योलमा नपार्न स्पष्ट र न्यायोचित व्यवस्थापन नीति ल्याउन जोड दिइएको छ।

​त्यस्तै, पार्टीका वडा, पालिका, जिल्ला तथा माथिल्लो तहका समितिहरूमा योग्य युवाको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरिएको छ।

विशेष गरी संगठन, प्रचारप्रसार, जनसम्पर्क, सूचना-प्रविधि, युवा-विद्यार्थी समन्वय, खेलकुद र सामाजिक अभियानजस्ता महत्त्वपूर्ण फाँटहरूमा युवालाई कार्यकारी जिम्मेवारी दिन आग्रह गरिएको छ।

पद तथा जिम्मेवारी बाँडफाँट गर्दा नातावाद वा गुटगत पहुँचलाई पन्छाएर योगदान, क्षमता र नेतृत्व गर्न सक्ने सम्भावनालाई प्राथमिकता दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

​युवाहरूलाई केवल सदस्य वा सल्लाहकारमा सीमित नराखी निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी गराउनुपर्ने र नेतृत्व विकासका लागि राजनीतिक प्रशिक्षण, संगठन सञ्चालन, जनसम्पर्क, सञ्चार तथा सार्वजनिक वक्तृत्व कलाजस्ता विषयमा नियमित प्रशिक्षण सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ।

युवा नेताहरूले “युवालाई पद मात्र होइन—जिम्मेवारी, अधिकार, अवसर र नेतृत्व विकासको सुनिश्चितता चाहिन्छ” भन्ने मूल मर्मका साथ आफ्ना माग अगाडि सारेका छन्।
​ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेकपा पर्साका जिल्ला इन्चार्ज पी.एल. श्रेष्ठ, सहइन्चार्ज मनोज चौधरी, जिल्ला सहसंयोजक फिरोज बादशाहलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी युवा संघ नेपालका केन्द्रीय सदस्यहरू राज श्रीवास्तव, सन्दीप पटेल, दीपक साह, उपेन्द्र पटेल, जिल्ला सदस्यहरू प्रदीप कुशवाहा, राम पटेल, प्रताप पटेल,

पूर्व महानगर संयोजक उमेश ठाकुर तथा प्रदेश एवं जिल्ला समितिका सदस्यहरू मदन प्रसाद कुर्मी र विश्वेश्वर पटेललगायतका युवा नेताहरूको सहभागिता रहेको थियो।

Previous Post

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीए प्रथम सेमेस्टरमा शतप्रतिशत सफलता

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In