वीरगन्ज । वीरगन्जको इनर्वा स्थित भन्सार एरियाबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आशंकामा होटल सञ्चालक सहित १२ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा रहेको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ भन्सार एरियामा सञ्चालित दुईवटा होटलबाट ७ जना महिला र ५ जना पुरुषलाई पक्राउ गरेको हो ।
भन्सार एरियामा सञ्चालित अभिषेक होटल र अर्को नाम नखुलेको होटलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवत्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार केही दिनदेखि उक्त होटलमा अनैतिक क्रियाकलापहरु हुने गरेको गुनासो आईरहेको थियो ।
प्रहरीले गरेको सुक्ष्म र गोप्य निगरानीमा अनैतिक क्रियाकलाप हुने गरेको यकिन भएपछि प्रहरीले होटल सञ्चालक सहित १२ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी पुगेर सोधपुछ गर्दै पक्राउ गर्न थालेपछि नाम नखुलेको होटलका सञ्चालक भने फरार भएका छन् । पक्राउ पर्नेहरुमा ४० बर्षीया होलट सञ्चालक महिला सहित चारजना महिला र पाँचजना पुरुष ९ जना भारतीय र तीनजना नेपाली महिला रहेका छन् ।
उनीहरुको उमेर समूह १९ बर्ष, २७ बर्ष, ३५ बर्षका रहेका छन् । नियन्त्रणमा लिएका हरुलाई कानून अनुसारको कारवाहीका लागि प्रकृया अगाडि बढाईएको पर्सा प्रहरीले जनाएको छ ।

