काठमाडौँ — अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र सामाजिक सुरक्षा कोष (SSF) को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको ५ दिने “सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण (Training of Trainers – ToT)” तालिमको लागि आवेदन दिने म्याद थप गरिएको छ।
कोषले एक सूचना जारी गर्दै इच्छुक तथा योग्य आवेदकहरूका लागि आवेदन दिने अन्तिम समय यही श्रावण ८ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको हो। यो तालिम सामाजिक सुरक्षाका क्षेत्रमा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
तालिममा सहभागी हुन इच्छुक र तोकिएको योग्यता पुगेका सम्पूर्ण आवेदकहरूले आफ्ना आवश्यक दस्तावेजहरू (Documents) कोषको आधिकारिक इमेल ठेगाना spchampion2026@ssf.gov.np मा इमेल मार्फत पठाउन सक्नेछन्। म्याद थप भएपछि अब छुटेका योग्य उम्मेदवारहरूलाई पनि आवेदन दिने अवसर मिलेको छ।

