वीरगन्ज । यसबर्षको विद्यालय शिक्षा परीक्षा (एसईई) भोलीदेखि शुरु हुदैछ । चैत ५ गतेदेखि शुरु हुने भनिएको एसईई परीक्षा देशको बदलिँदो राजनीतिक परिस्थितिका कारण भएको निर्वाचनले चैत १९ गतेका लागि सरेको हो ।
पर्सामा यसपटक १० हजार ७०३ जना विद्यार्थीहरुले एसईईको परीक्षा दिने शिक्षा विकास समन्वय इकाईका प्रमुख मोती प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार प्राविधिक धारतपर्फ जिल्लाभर १८५ जना विद्यार्थीहरुले एसईई दिनेछन् ।
त्यस्तै बाल सुधार गृहका पनि १० जना जति एसईई परीक्षा दिने विद्यार्थी पुग्ने अनुमान रहेको इकाई प्रमुख भट्टराईले बताए । पर्सा जिल्लाभरी एसईईको लागि २७ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ ।
प्राविधिक धारका विद्यार्थीहरुका लागि भने नेपाल राष्ट्रिय विद्यापीठ माध्यामिक विद्यालय श्रीपूरमा परीक्षा केन्द्र एकै ठाउँ तोकेको समन्वय ईकाई प्रमुख भट्टराईले बताए ।
परीक्षालाई अनुशासित र मर्यादित बनाउनका लागि सबै प्रकारका सुरक्षा व्यावस्थाहरु मिलाईएको उनले बताए ।
