जितपुर, बारा | जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो १०औँ स्थापना दिवसको अवसर पारेर विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरूको सक्रिय सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रममा ४ महिला सहित कुल २२ जनाले रक्तदान गरेका थिए। रगतको अभावलाई कम गर्ने र सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा कृपा अधिकारी, कृति राजसुवेदी, दुर्गा न्यौपाने, लक्ष्मी लामा, धिरज कुमार शाह, कपिल सुवेदी, सुरज पुनमगर र सत्य लाल यादव लगायतले रक्तदान गरेका छन्।
कार्यक्रममा नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी र प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूलाई धन्यवाद दिँदै नगर प्रमुख पौडेलले स्थापना दिवसलाई उत्सवका साथै मानवीय सेवाका कार्यसँग जोडेर मनाइएको बताउनुभयो।
यस पुण्य कार्यमा नेपाल रेडक्रस सोसाइटी, वीरगन्जका प्राविधिक टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। उपमहानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा अन्य रचनात्मक र सेवामूलक कार्यक्रमहरू समेत निरन्तर सञ्चालन गर्ने जनाएको छ।
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
