कटारी, उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ स्थित एक मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियार अचानक पड्किएको छ। कटारी–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोल (ख) मतदान केन्द्रमा सुरक्षार्थ खटिएका प्रहरीको साथमा रहेको सटगन पड्किएको हो।
कोशी प्रदेशका डिआईजी विनोद घिमिरेका अनुसार, सुरक्षाकर्मी हिँड्ने क्रममा अचानक लड्न पुग्दा उक्त हतियार पड्किन गएको हो। यो घटना पूर्णतया अन्जानवश भएको र यसबाट कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति नभएको प्रहरीले स्पष्ट पारेको छ।
घटनालगत्तै मतदान केन्द्रमा केही बेर अन्योल छाए पनि स्थिति नियन्त्रणमै रहेको र निर्वाचन प्रक्रियामा कुनै अवरोध नभएको बताइएको छ। प्रहरीले घटनाको विषयमा थप जानकारी लिइरहेको छ।