वीरगञ्ज, पर्सा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत पर्साका कैदीबन्दीहरूले बिहीबार वीरगञ्ज कारागारभित्रै स्थापना गरिएको अस्थायी मतदान केन्द्रबाट उत्साहजनक रूपमा मतदान गरेका छन्।
जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारका अनुसार, निर्वाचन आयोगको नीतिबमोजिम कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीहरूका लागि यो विशेष व्यवस्था गरिएको हो। कारागारमै मतदान गर्न पाउँदा कैदीबन्दीहरूले आफूहरू राज्यको मूलधारको लोकतान्त्रिक प्रक्रियामा जोडिएको भन्दै खुसी व्यक्त गरेका छन्।
