झापा । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज झापामा भव्य ‘रोड सो’ आयोजना गर्दै छ। पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र (बालेन) शाहको नेतृत्वमा यो चुनावी अभियान सञ्चालन हुन लागेको हो।
बालेन शाह बिहान ९ बजे चन्द्रगढी विमानस्थल ओर्लिएर काँकडभिट्टा पुग्ने तालिका छ। यो अभियानले झापाका निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ लाई समेट्नेछ। काँकडभिट्टाबाट सुरु भई बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका र सुरुंगा हुँदै दमकमा पुगेर समापन हुनेछ। शनिबार काठमाडौं उपत्यकामा शक्ति प्रदर्शन गरेपछि रास्वपाले आज झापामा आफ्नो प्रभाव देखाउन लागेको हो।
विशेष गरी झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको प्रतिस्पर्धालाई लिएर यो अभियानलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
