• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

चुनाव जित्न ‘जे पनि’ आश्वासन नदिनुस्, यसले समाजमा निराशा ल्याउँछ: विश्वप्रकाश शर्मा

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन ४, सोमबार १६:२१
विश्वप्रकाश शर्मा : कांग्रेस रूपान्तरण भएर नयाँ युगतर्फ अघि बढेको छ
5
SHARES
55
VIEWS

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक दल र उम्मेदवारहरूलाई चुनाव जित्ने नाममा पूरा गर्न नसकिने आश्वासन नदिन आग्रह गरेका छन्। सोमबार लमजुङमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन उद्घाटन तथा बीपी कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा शर्माले चुनावी मैदानमा उत्रँदा एकअर्कालाई गाली गर्नुभन्दा स्वस्थ प्रतिस्पर्धामा जोड दिनुपर्ने बताए। “चुनावी मैदानमा गाली होइन, प्रेम सम्प्रेषण गरौँ। स्वस्थ आलोचना स्वाभाविक हुन्छ, तर एकअर्कालाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न,” उनले भने। उनले दलहरूका भाषण र घोषणापत्रहरूले समाजमा आशा जगाउनुपर्नेमा जोड दिँदै सस्तो लोकप्रियताका लागि दिइने आश्वासनले अन्ततः जनतामा निराशा मात्रै पैदा गर्ने जिकिर गरे।

ADVERTISEMENT

उपसभापति शर्माले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट बदलिएको दाबी गर्दै शासन व्यवस्थामा सुधारका लागि ‘१, २, ३ र ४’ को नीति अघि सारेका छन्। उनले कोही पनि व्यक्ति आजीवन सत्तामा बसिरहने परम्पराको अन्त्य हुनुपर्ने बताउँदै यसलाई संविधानमै अंकित गरिनुपर्ने बताए।

उनका अनुसार यो नीतिको अर्थ यस्तो रहनेछ राष्ट्रपति एक कार्यकाल मात्र, प्रधानमन्त्री बढीमा दुई कार्यकाल, मन्त्री बढीमा तीन कार्यकाल र सांसद बढीमा चार कार्यकाल।

“अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी हुन नपाउने व्यवस्था हामी गर्नेछौँ,” शर्माले थपे।

देशको युवा पुस्ता (जेनजी) को विद्रोह र भावनालाई कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै उनले देशको शासनमा आवश्यक सुधारका लागि पार्टीले सुक्ष्म अध्ययन (केस्रा-केस्रा केलाएको) गरेको बताए। “देश जान्दछ कांग्रेस बदलिएको छ, र यो पनि देश जान्दछ कि जो आफैँ बदलिन्छ, उसैले मात्र देश बदल्न सक्छ,” उनले आत्मविश्वासका साथ भने।

कार्यक्रममा उनले लमजुङ कांग्रेसको नवनिर्मित भवनको उद्घाटन गर्नुका साथै जननायक बीपी कोइरालाको पूर्णकदको सालिक समेत अनावरण गरेका थिए।

Previous Post

प्रतिनिधि सभा निर्वाचन: प्रत्यक्षतर्फको मतपत्र छपाइ आज सकिँदै

Next Post

अयोग्यता लुकाउन विदेशीलाई दोष दिनु ‘सजिलो डिफेन्स’ मात्र हो: तनुजा पाण्डे

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In