काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकाएक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (माघ १६) सुनको मूल्य तोलामा साढे २० हजार रुपैयाँले घटेको हो ।
यससँगै शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार (माघ १५) सुनको मूल्य तोलामा साढे २० हजार रुपैयाँले बढेर प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।
