काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण संकलन सुरु गरिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी लगायतका मतदाताको विवरण संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता पालना गराउने तथा सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकारवाला निकायहरूसँग छलफलसमेत गरिसकेको छ ।
हालसम्म आचारसंहिता उल्लंघनसम्बन्धी कुनै उजुरी नआएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत यस जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन् । यस प्रणालीमा सहभागी हुने कुल मतदाता संख्या दुई लाख ५४ हजार ३९७ कायम रहेको छ ।
