काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनलाई बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार नेपालको स्वास्थ्य अवस्था अहिले स्थिर छ र उनलाई अस्पतालको क्याबिनमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ ।
नेता नेपालको स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू अस्पताल पुगेका छन् । अस्पताल पुगेका नेताहरूले उनको उपचारमा संलग्न चिकित्सकहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
