काठमाडौँ, माघ १४ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार एकैदिन सुनको मूल्यमा भारी वृद्धि भएसँगै इतिहासकै उच्च बिन्दुमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९ हजार ५०० रुपैयाँ बढी हो।
आजको बजार अवस्था:
छापावाला सुन: रु. ३,१८,८०० (प्रतितोला)
चाँदी: रु. ७,३०० (प्रतितोला)
मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र आर्थिक प्रभावका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरू बताउँछन्।
चाँदीको मूल्य पनि आकासियो सुनसँगै चाँदीको मूल्यमा पनि ठुलो वृद्धि भएको छ। बुधबार चाँदी तोलामा ४३० रुपैयाँले बढेर ७ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।
एकैदिन यति ठुलो परिमाणमा मूल्य वृद्धि हुनुलाई सुनचाँदी बजारमा ‘अस्वाभाविक’ मानिएको छ। यसले विवाहको सिजनमा रहेका उपभोक्ताहरूलाई थप मर्का पर्ने देखिएको छ।
