वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–स्थित मितेरी पुल क्षेत्रमा नवनिर्माण गरिएको सीमा सुरक्षा पोष्टको आज भव्य रूपमा समुद्घाटन गरिएको छ।
“मितेरी पुल सीमा सौन्दर्यकरण कार्यक्रम” अन्तर्गत वीरगञ्ज महानगरपालिकाको सहयोग तथा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणको सहकार्यमा निर्माण गरिएको उक्त पोष्टको समुद्घाटन महानगर प्रमुख राजेशमान सिंहले गरेका हुन्।
समारोहमा प्रमुख जिल्ला अधिकारी भोला प्रसाद दाहाल, सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द भट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठक, जिल्ला ट्राफिक प्रहरी प्रमुख युवराज कटवाल लगायत सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको थियो।
नवनिर्मित पोष्ट सञ्चालनमा आएपछि सीमा सुरक्षा तथा व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
