काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान भएको विमान दुर्घटनामा निधन भएको छ। बारामती विमानस्थलमा अवतरणका क्रममा उनी सवार चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको हो।
पवारका नजिकका सहयोगी किरण गुजरले अस्पतालमा उपचारका क्रममा अजित पवारसहित विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ।
मुम्बईबाट बारामती जाँदै गरेको विमान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको र तत्कालै आगलागी भएको थियो। उपमुख्यमन्त्री पवार जिल्ला परिषद् निर्वाचनको प्रचारका लागि चारवटा सभालाई सम्बोधन गर्न आफ्नो गृहनगर जाँदै हुनुहुन्थ्यो।
पवारको आकस्मिक निधनले भारतीय राजनीतिमा ठूलो क्षति पुगेको छ। हिन्दुस्थान टाइम्सबाट ।

