वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (SP) पूर्ण चन्द्र भट्टको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। सङ्घको सभाहलमा आयोजित उक्त विशेष कार्यक्रम सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतमज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा अध्यक्ष गौतमले उपरीक्षक भट्टले आफ्नो कार्यकालमा सीमा सुरक्षा र औद्योगिक सुरक्षामा पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
बिदाई कार्यक्रममा सङ्घका नेतृत्व तहको उल्लेख्य उपस्थिति रहेको थियो, जसमा वरिष्ठ उपाध्यक्ष श्री माधव राजपाल, उपाध्यक्ष श्री आशिषकुमार लाठ, महासचिव श्री शिवजीप्रसाद साह, कोषाध्यक्ष श्री अनोज रुँगटा, सचिव श्री प्रेमचन्द्र गोयल, सह-कोषाध्यक्ष श्री निरज अग्रवाल पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।
साथै सङ्घका कार्यसमिति सदस्यहरूको पनि उपस्थिति रहेको उक्त कार्यक्रममा उपरीक्षक भट्टलाई मायाको चिनो प्रदान गर्दै सङ्घका तर्फबाट बिदाइ गरिएको थियो।
