वीरगन्ज । पर्साको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हरि पन्तको पक्षमा जनलहर बढ्दै गएको छ । वीरगन्जका व्यावसायीहरुबीचमा पनि लोकप्रिय उम्मेदवार पन्तले रास्वपाको नेतृत्व सम्हालेदेखि नै संगठनको विस्तारसँगै फागुन २१ गते हुने निर्वाचनमा पनि पर्साको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेपछि मतदातामा थप उत्साह जागेको छ ।
मतदाताहरुले यसपटक नयाँ पार्टीका नयाँ उम्मेदवार त्यसमा पनि वीरगन्जमा युवा उद्यमीहरुबीच लोकप्रिय हरि पन्तलाई भोजपुरी स्टार प्रदेशी साहले समेत मत माग्दै हिडेको देखेपछि मतदाताहरु निकै उत्साहित भएका हुन् । रास्वपाको चुनाव चिन्ह घण्टी छाप मतदाताहरुको रोजाईमा परेको छ । उनीहरुले यसपटक नयाँ अनुसारलाई अवसर दिने बताएका छन् ।
हरि पन्त वीरगन्जमै व्यावसाय सञ्चालन गर्दै आएका र उनले आफ्नो व्यावसायिक जीवनमा वीरगन्जको विकास र समृद्धिका लागि व्यक्तिगत र संस्थागत रुपमा पनि काम गर्दै आएका व्यक्ति भएकोले पनि उनी वीरगन्जको मतदाताको रोजाईमा पर्ने पक्का छ । चलचित्र निर्माता समेत रहेका पन्तले वीरगन्जमा पहिलो पटक ऐतिहासिक स्वर्णिच चलचित्र महोत्सवको आयोजना समेत गरेका थिए ।
उनले निर्माण गरेको ‘मेला’ चलचित्र दर्शक माझ पनि निकै लोकप्रिय बनेको थियो । समाजको वास्तविक कथाहरु चलचित्र मार्फत उतार्न सक्ने व्यक्ति वीरगन्जकै माटोमा राजनीतिमा आएको र त्यसमा पनि अहिलेको लोकप्रिय पार्टी रास्वपाको उम्मेदवार बनेकोले पनि उनको जित सुनिश्चित रहेको मतदाताहरु बताउछन् ।
त्यसैले पनि ‘एसपी खरेल’ चर्चित भोजपूरी फिल्म बनाएका प्रदेशी साह अहिले हरि पन्तलाई जिताउन दिल खोलेर लागेका छन् । उनी भोजपुरी र नेपाली चलचित्रमा वीरगन्ज क्षेत्रबाट चर्चित कलाकार पनि हुन् । रास्वपा पार्टी नेपालमा नेपालका अधिकांश कलाकारहरु समेत जोडिएका छन् ।
कतिपय कलाकारहरु समानुपातिक उम्मेदवारको बन्दसूचीमा पनि परेका छन् । देशमा पूराना राजनीतिक दलहरुले केही गर्न नसकेको र अब नयाँ नेतृत्वमा देश अगाडि बढाउने भन्दै सबैलाई एकपटक घण्टी छापमा भोट हाल्न उम्मेदवार हरि पन्तले आग्रह गरेका छन् ।
