काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) का तीन केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन्। केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।
पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर, विचार–विधि–प्रक्रिया अस्पष्ट तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नदेखिएको भन्दै उनीहरूले पार्टी त्यागेको जनाएका छन्। पहिचान एजेन्डामा स्पष्ट वैचारिक धारणा प्रस्तुत गर्न नसकिएकाले पार्टीमा बस्न नैतिकताले नदिएको विज्ञप्तिमा उल्लेख छ।
डकेन्द्रसिंह थेगिम पार्टी गठनअघि प्रदेश नं. १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए भने गुरुङ र ईजम यसअघि नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध थिए।

