काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ आज उम्मेदवारहरूको नामावली प्रकाशन गरिँदैछ। निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवार विरुद्ध परेका उजुरीहरूको जाँचबुझ पछि आज साँझ ५ देखि ७ बजेभित्र नामावली सार्वजनिक गर्ने तयारी छ।
आयोगमा कुल ५ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ। उजुरीहरू भक्तपुर, सुनसरी, रौतहट र कैलाली जिल्लाका उम्मेदवारहरू विरुद्ध रहेका छन्। माघ ९ गते दिउँसो १ देखि ३ बजेभित्र अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि नै (माघ ९ गते) दिउँसो ४ देखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
आयोगले उजुरी परेका उम्मेदवारहरूको सम्बन्धमा आवश्यक छानबिन गरी नामावली प्रकाशनको अन्तिम तयारी गरिरहेको जनाएको छ।
