काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज आइतबार सार्वजनिक गरिँदैछ ।
निर्वाचन आयोगले मनोनयनमाथि दाबी–विरोध र छानबिन प्रक्रिया पूरा गरी अन्तिम सूची प्रकाशन गर्न लागेको हो ।
आजै उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइनेछ भने अन्तिम सूचीमा परेकालाई सोमबार निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनमा रिक्त १८ पदका लागि विभिन्न दलका ४४ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, एमाले र जसपाबीच गठबन्धन बनेको छ भने अन्य दलहरू पनि एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

