चितवन । चितवनको रत्ननगर नगरपालिका–४ मा ६८ वर्षीया सुकमाया देवी तामाङको विभत्स हत्या भएको छ । शुक्रबार राति घरको तेस्रो तलामा सुतेकै ओच्छ्यानमा हातखुट्टा बाँधिएको अवस्थामा उनको शव शनिबार दिउँसो भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लुटपाटको उद्देश्यले श्वासप्रश्वास रोकेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान छ । मृतकका कानका मुन्द्रा, औँठी र बालालगायतका सुनका गहना लुटिएको पाइएको छ ।
लुटपाटसँगै व्यक्तिगत रिसइबीको कोणबाट पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

