काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ससाना राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहको योगदान ऐतिहासिक रहेको बताएका छन् ।
उनका दिव्योपदेश आज पनि राष्ट्रनिर्माण, सुशासन, कूटनीति, संस्कृति संरक्षण र राष्ट्रिय एकताका लागि सान्दर्भिक रहेको उनले उल्लेख गरे ।
राष्ट्रपति पौडेलले वीर पुर्खाहरूको निरन्तर योगदानकै कारण नेपाल आज सार्वभौम र स्वतन्त्र राष्ट्र बनेको भन्दै राष्ट्रिय एकता, स्वतन्त्रता र समृद्धिका लागि सबैलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् ।

