पर्सा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले जिल्ला स्तरिय RAT (Rapid Action Team) गठन गरेको छ। पार्टीले शनिबार वीरगञ्जस्थित कन्ट्री इन होटेलको सभाहलमा एक कार्यक्रमको आयोजना गरी २२ सदस्यीय RAT समिति गठन गरेको हो।
कृष्णा नन्द ओझाको नेतृत्वमा गठित उक्त समितिको उपप्रमुखमा शिवराज पटेल, सचिवमा रोहन कुमार साह तेली, र सह-सचिवमा सुनिल पटेल तथा विक्की कुमार ओझा रहेका छन्।
समितिका सदस्यहरूमा प्रीयान्सु कुमार साह, मुन्ना ठाकुर, श्रवण पटेल, योग कुमार राय, अर्जुन सरार्फ, सन्तोष पटेल, अरविन्द कुमार गुप्ता, अब्बास आलम, राहुल चौबे, सनोज कुमार गुप्ता, सुनिल राउत, कुन्दन पासवान, दिनेश हजरा, दिलीप पासवान र सुदन हजरा रहेका छन्।
कार्यक्रममा बोल्दै रास्वपा पर्साका सभापति हरी पन्तले RAT पार्टीको महत्वपूर्ण अंग रहेकोले अनुशासित भएर आम जनताको सुख-दुःखमा सरिक हुन समितिलाई अनुरोध गरे। उनले आसन्न निर्वाचनमा र्याटले रचनात्मक र महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
जिल्ला सह-सचिव कृष्ण पासवानले सहजीकरण गरेको उक्त कार्यक्रममा क्षेत्रिय सभापतिहरू जीतेन्द्र मिश्र, फैयाद मिया राम आर्या र मनोज कुमार कुर्मी, तथा पुर्ण सापकोटा लगायतले आफ्नो मन्तव्य राखेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अनुसार, दैवीप्रकोप र निर्वाचन जस्ता विशेष परिस्थितिहरूमा पार्टीको र्याट कमिटीलाई परिचालन गरिनेछ।

