हेटौंडा। हेटौंडामा सडक विस्तारको काम शनिबार बिहानैदेखि सुरू भएको छ। बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा सडक डिभिजन हेटौंडाले रेखाङ्कभित्र रहेका घर–टहरा भत्काउने कार्य अगाडि बढाएको हो।
बुद्धचोकस्थित एक खाली घर भत्काउने काम जारी छ। डिभिजनले बजार क्षेत्रका अन्य स्थानहरूमा पनि डोजर सञ्चालन गर्दै ३/४ ठाउँबाट एकैसाथ विस्तार कार्य अघि बढाएको जनाएको छ।
महेन्द्र राजमार्गको रातोमाटे–बुद्धचोक–राप्ती पुल र त्रिभुवन राजपथको बुद्धचोक–सामरी पुलसम्म २५/२५ गज सीमा विस्तारका लागि १५ दिनको अल्टिमेटम दिइएको थियो, जसको अन्तिम मिति शुक्रबार समाप्त भएको हो।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३