वीरगञ्ज । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) अनुसार उनलाई नियुक्त गरेका हुन्।
यादवलाई सातदलीय गठबन्धन — कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी — का ७७ जना सांसदको समर्थन छ।
पूर्व मुख्यमन्त्री सरोज कुमार यादव (एमाले) ले मङ्सिर १७ मा राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको थियो।
एमालेका यादवलाई गत कार्तिक २३ मा मुख्यमन्त्री नियुक्त गरिएको भए पनि सातदलीय गठबन्धनले सर्वोच्चमा रिट दायर गरी चुनौती दिएको थियो। सर्वोच्चले मङ्सिर १५ मा तत्कालीन सरकारलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिँदै यस्तो निर्देशन दिएको थियो।

