वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले वीरगञ्ज महानगरपालिकालाई कार्यालय प्रयोजनका लागि टेबल र कुर्सी हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको नेतृत्वमा गएको संघको पदाधिकारीहरुको टोलीले महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई औपचारिक रूपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
संघले १५ वटा टेबल र १५ वटा कुर्सी हस्तान्तरण महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेको छ । सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सिंह, प्रमुख प्रशासकीय अधिकृत श्री अरबिन्दलाल कर्णको उपस्थिति रहेको थियो ।
यसैगरी, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष गौतम, उपाध्यक्ष आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद कलवार, सह–सचिव अनुप अग्रवाल तथा प्रशासकीय अधिकृत मनोज उपाध्यायको उपस्थिति रहेको थियो ।
सङ्घले महानगरपालिकाको कार्यसम्पादनमा सहयोग पु¥याउने उद्देश्यका साथ यो सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
