वीरगन्ज । नेपाली कांग्रेसको भर्खरै सम्पन्न १५ औं महाधिवेशनमा पर्साबाट किसान नेतादेखि पूर्वकृषि मन्त्री र उद्योगीसम्म केन्द्रमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको पदाधिकारीमा पनि पर्साले हात पार्न सफल भएको छ । नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्रीमा अजय कुमार चौरसिया निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्यमा उद्योगी अनिल रुंगटा निर्वाचित भएका छन् । त्यस्तै मधेस प्रदेश सरकारका पूर्व भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री र किसान संघ पर्साका अध्यक्ष असर्फी साह पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
मुस्लीम महिलातर्फ जमिला खातुन निर्वाचित भएकी छिन् । विशेष महाधिवेशनबाट केन्द्रीय सहमामन्त्रीमा निर्वाचित भएका फरमुल्लाह मन्सुर पराजित भएका छन् । बाराकी युवा नेतृ मेघा शाही केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।
उनी यसअघिको स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुखमा पराजित भएकी थिईन् । पर्साका पूराना कांग्रेस नेता सुरेन्द्र प्रसाद चौधरी पनि पराजित भएका छन् ।

