सर्लाही। सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवक पेस्तोलसहित पक्राउ परेका छन्।
जनकपुरबाट मदनपुरतर्फ आउँदै गरेको बीआर ३० वाई २८५ नम्बरको मोटरसाइकल सोमबार राति करिब १ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा परी घाइते भएका कबिलासी–३ मदनपुरका ३३ वर्षीय तुलसी ठाकुरको साथबाट एक थान सिक्सर पेस्तोल बरामद भएको छ। दुर्घटनामा उनको दाहिने गाला र बायाँ हातमा सामान्य चोट लागेको छ।
सवारी दुर्घटना पश्चात् प्रहरीले खानतलासी गर्दा उनको साथमा हतियार फेला परेपछि पेस्तोल र मोटरसाइकलसहित ठाकुरलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका ठाकुरमाथि आवश्यक थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

