कलैया । नेपाली कम्युनिस्ट पार्टी बाराको आयोजनामा कलैयास्थित दरबार होटलमा जिल्ला एकता बैठक तथा प्रशिक्षण कार्यक्रम जारी छ।
नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा बारा संयोजक गीता कँडेलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि नेकपाका संयाेजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।
कार्यक्रममा कार्य समायोजन समिति सदस्य तथा मधेस इञ्चार्ज महेन्द्र राय यादव, पूर्वमन्त्री एवं कार्य समायोजन समिति सदस्य मातृका प्रसाद यादव, मधेस प्रदेश सह-इन्चार्जहरू राजकुमार भट्टराई, श्रीप्रसाद साह, मधेस प्रदेश संयोजक राजु खड्का, मधेस प्रदेश सह-संयोजक क्षेत्रबहादुर श्रेष्ठ लगायतका नेताहरूले सम्बाेधन गरेका छन् ।
जिल्ला इन्चार्ज रमेश राय यादव, सह-इन्चार्जहरू कमरेड बय यादव, कमरेड भरत बहादुर खड्का, कमरेड राजन पौडेल, कमरेड बिजेन्द्र प्रसाद चौधरी, केन्द्रीय कमिटी सदस्य कमरेड गोविन्द आचार्य, अनेरास्ववियु केन्द्रीय सचिव कमरेड फिरोज अहमद, प्रदेश सभा सदस्य कमरेड लक्ष्मी देवी ठाकुर, र संविधान सभा सदस्य कमरेड गोपाल ढाका लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय गानबाट प्रारम्भ गरिएको उक्त कार्यक्रममा दिवङ्गत कमरेडहरू गोपाल ढाका र दिलमाया थापाको स्मरण गर्दै मौन धारण र श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सो अवसरमा रविराज ढकाल, जोशिमाया तामाङ, मालती कुशवाहा, र प्रभु यादव लगायतले अतिथिहरूलाई फूल तथा गमला प्रदान गरी स्वागत गर्नुभएको थियो।
कार्यक्रममा कमरेड रामनिवास प्रसादले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कमरेड रमेश प्रसाद यादव लगायतका नेताहरूले शपथ ग्रहण तथा आफ्ना मन्तव्यहरू राख्नुभएको थियो।

