वीरगन्ज । क्रियाशील युवा पत्रकार मञ्च नेपालमा १० जना पत्रकार थपिएका छन् । वीरगन्जको क्लासिक बंक्वेटमा आइतबार आयोजित कार्यक्रममा वीरगन्जका १० जना क्रियाशील पत्रकारहरुलाई संस्थामा औपचारिक रूपमा स्वागत गरिएको हो।
अभिलाष गुप्ता, रश्मिराज भण्डारी, सन्तोष कुशवाहा, अर्जुन चौधरी, प्रतीक्षा श्रेष्ठ, पूजा महतो, जितेन्द्र साह, भगवानप्रसाद कुर्मी, पुनम चौधरी लगायतलाई सदस्यताको प्रमाणपत्र सहित सम्मान पनि गरिएको छ ।
मञ्चका अध्यक्ष आनन्द पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, विशिष्ट अतिथि महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे, क्रियाशील पत्रकार मञ्चका सल्लाहाकार प्रताप श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै समाजवादी प्रेस संगठन नेपालका मधेस प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भुकुमार सुमन, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सुशीला साह, महानगर अध्यक्ष राहुल श्रीवास्तव लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चका महासचिव राकेश साहले सञ्चालन गरेको कार्यक्रमको स्वागत मञ्चका बरिष्ठ उपाध्यक्ष विरेन्द्र साहले गरेका थिए ।

