वीरगञ्ज । मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशन शनिबार वीरगञ्जमा सम्पन्न भएको छ।
मञ्चका मधेश प्रदेश अध्यक्ष प्रविण श्रीवास्तवको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले श्रीवास्तवकै अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनबाट गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा रुपा पाण्डे, रमन कुमार सिंह र विक्रम बस्नेत, महासचिवमा राधेश्याम साह सोनार, सचिवमा सन्दिप कुमार पाठक र संजीता कुमारी मण्डल, सहसचिवमा मञ्जु कुमारी सिंह र रमेश प्रसाद सर्राफ तथा कोषाध्यक्षमा म। सेराख अली चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा मन्नु श्रीवास्तव, रविन श्रीवास्तव, महिरू सेन मिया, नारायण त्रिपाठी, आदित्य श्रीवास्तव, नवनित प्रसाद, रञ्जीता कुमारी साह, प्रमोद कुमार साह, मनोज कुमार साह, प्रिया साह, सुरज पटेल, श्याम जी साह सोनार, मुकेश कुमार मण्डल र महिमा कुमारी चौधरी निर्विरोध चयन भएका छन्।
मानव अधिकार संरक्षण तथा कैदी बन्दीका न्यायिक सरोकारका विषयमा मञ्चको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित यो नयाँ नेतृत्व चयन गरिएको हो। नयाँ कार्यसमितिले कैदी बन्दीका अधिकार, न्यायिक पहुँच तथा मानव अधिकारका सवालमा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्दै अघि बढ्ने जनाएको छ ।
यसअघि अधिवेशनको उदघाटन प्रमुख अतिथि मञ्चकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुमारी खाँडले पानसमा बत्ति बालेर गरेकी थिईन् । कार्यक्रममा मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्चका प्रतिनिधिहरुले गलत गर्नेलाई कानूनी सजाय दिएपनि उनीहरुको मानवअधिकारको बारेमा संवेदनशीलल हुन आवश्यक रहेकोमा जोड दिए ।
उनीहरुले कानून अनुसार सजाय भोग्न जेल बसेकाहरुको मानवअधिकारको सवालमा राज्य गम्भीर हुनुपर्ने बताउदै जेलमा गएपछि उनीहरुको सुधारका लागि आवश्यक परामर्श र सीप विकासमा जोड दिन सुझाव दिए ।
विशष्टि अतिथि पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, प्रहरी नायब उपरीक्षक राजु कार्की, वीरगन्ज कारागारका अधिकृत सुनिल चौरसियाल, मञ्चका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दामोदर ढकाल शर्मा, बागमती प्रदेश अध्यक्ष लोक बहादुर मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

