ठोरी । राष्ट्रिय संविधान दिवसको अवसर पारेर पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ मा सहिद स्मृति पार्क सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ठोरी वडा कमिटी ५ को आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेकपा पर्साका इञ्चार्ज एवं ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पीएल श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सहभागीहरूले पार्क परिसरको सरसफाइ गर्नुका साथै एक-आपसमा संविधान दिवसको शुभकामना व्यक्त गरेका थिए।

